×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

किन पुग्छन् श्रममन्त्री हरेक आइतबार विहान कल सेन्टर ?

किन पुग्छन् श्रममन्त्री हरेक आइतबार विहान कल सेन्टर ?

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमामा आजदेखि प्रत्येक आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले प्रत्यक्ष श्रमिकहरूको गुनासो सुन्ने भएका छन् ।  श्रममन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबारको विहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने र सम्बोधनका लागि निर्देशन दिने तालिका तय गरिएको मन्त्रालयले जनाएको छ । 

नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने छ ।

मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग कुरा गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्