×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नवलपुरकाे बुलिङटारमा बस दुर्घटना ५ जनाको मृत्यु , २५ घाइते

नवलपुरकाे बुलिङटारमा बस दुर्घटना ५ जनाको मृत्यु , २५ घाइते

काठमाडौं- पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटना परि २५ जना घाइते भएका छन् ।

मनकामना दर्शनका लागि जान आउँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. २ मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको बुलिङटार प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन जना महिला र दुई जना पुरुष रहेको प्रहरीले जनाएको छ । 

बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ । 

प्रतिकृया दिनुहोस्