×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनमत पार्टीद्वारा 'प्रेस जनमत संघ' गठन

जनमत पार्टीद्वारा 'प्रेस जनमत संघ' गठन

काठमाडौं- जनमत पार्टीले आफ्नो आधिकारिक प्रेस संगठन गठन गरेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकको निर्णयअनुसार, सप्तरीका पत्रकार अवधेशकुमार झाको अध्यक्षतामा 'प्रेस जनमत संघ' नामक तदर्थ समिति घोषणा गरिएको हो।

पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार, यो संघ पार्टीको शुभेच्छुक संगठनको रूपमा रहनेछ। उहाँले संघको संरचनालाई विस्तार गर्दै निकट भविष्यमा जिल्ला तथा प्रदेश समितिहरू पनि गठन गरिने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो।

नवगठित २१ सदस्यीय तदर्थ समितिमा सह-अध्यक्षको जिम्मेवारी रामनारायण विश्वासलाई दिइएको छ भने सचिवमा ललनकुमार मण्डल चयन हुनुभएको छ।

प्रतिकृया दिनुहोस्