×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी स्थायी कमिटी बैठक बस्दै

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं- पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । 

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ । यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो । माओवादी बैठक बुधबार पनि बसेको थियो । 

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्