×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

दमक : यहाँबाट मोटरसाइकल चोरी गरेर मोरङको मधुमल्लातर्फ पुर्याएका दुई जनालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षीय मिलन कार्की र मिक्लाजुङ-९ का होमराज कन्दङ्वा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मधुमल्ला बजार नजिकैबाट हुलियाका आधारमा चोरीमा संलग्न दुवैलाई शनिबार इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले नियन्त्रणमा लिएको हो । दुई दिनअघि दमक-७ का राजु श्रेष्ठको घरमा पार्किङ गरी राखेको अवस्थामा को २७ प ९४३६ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्