×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाडौं - साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि आयोजक भारतले जितेको छ । भारतको भुवनेश्वरमा शुक्रबार राति भएको फाइनल खेलमा भारतले बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले हरायो । 

भारतको जितमा गुर्किरात सिंहले चार गोल गर्नुभयो । अर्को गोल हिमान्सु जान्ग्राले गर्नुभयो । बंगलादशेका मोहमद रोजन र शाहीम मियाले एक एक गोल फर्काएनुभयो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बारबरीमा सकिएपछि अतिरिक्त समयमा भारतले तीन गोल थपेको थियो । 

फाइनलमा जितसँगै आयोजक भारतले बंगलादेशसँग लिग चरणमा खेपेको हारको बदला समेत लिएको छ । पाँच टोली सहभागि प्रतियोगितामा नेपाल, श्रीलंका र माल्दिभ्स लिग चरणबाट बाहिरिएका थिए । 

प्रतिकृया दिनुहोस्