×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपल्ट बढी

कोरोना नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपल्ट बढी

काठमाडौं - आज थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । 
यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।

मंगलबार थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने १६९ जनाको मृत्यु भएको थियाे । यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए । 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।
 

प्रतिकृया दिनुहोस्