×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुरुङभित्र काम गर्ने क्रममा कैलालीका पौडेलले गुमाए ज्यान

सुरुङभित्र काम गर्ने क्रममा कैलालीका पौडेलले गुमाए ज्यान

सङ्खुवासभा - सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ ।

चिचिला गाउँपालिका–३ स्थित आयोजनाको सुरुङभित्र काम गरिरहेका कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको आज ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार, अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र काम गर्ने क्रममा पौडेललाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो ।

राष्ट्रिय गौरवको यो आयोजनामा हाल नेपाली र भारतीय गरी तीन हजारभन्दा बढी मजदुरहरू कार्यरत छन् ।

प्रतिकृया दिनुहोस्