×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जापानका लागि उडेको निगमको जहाजमा धुवाँ देखिएपछि काठमाडौं फर्कियो

जापानका लागि उडेको निगमको जहाजमा धुवाँ देखिएपछि काठमाडौं फर्कियो

काठमाण्डाै - जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज धुवाँ देखिएपछि आधा घण्टामै काठमाण्डौ फर्किएको छ ।

१ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखिएको हो ।

गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाण्डौ फर्केको र प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्