×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

यस्तो ठाउँ जहाँ गोही खाइन्छ

यस्तो ठाउँ जहाँ गोही खाइन्छ

गोहीले मान्छे खाएको समाचार अक्सर सुन्नमा आउँछ । तर, मानिसले उल्टै गोही खाएको समाचार सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, अफ्रिकी राष्ट्र केन्याको एउटा जनजाति समुदायले वर्षौंदेखि गोहीलाई भोजन बनाउँदै आएको छ । केन्याको एल मोलो जातिका मानिसले गोही खाने गरेका छन् । जलगैंडालाई पनि यो जातिका मानिसले खाने गरेका छन् । ज्यादै शक्तिशाली मानिएका यी जनावरको मासु खान यो समुदायका मानिसले जलगैँडा र गोहीको सिकार गर्ने गरेका छन् । यी दुई जनावरको मासु खाने गरेको हम्मेसी पाइँदैन ।

एल मोलो जातिका सदस्यबीच कसले गोही र जलगैँडाको मासु बढी खाने भन्नेमा होडबाजी नै चल्ने गर्छ । जसले गोही र जलगैँडाको बढी सिकार गरी भोजन गर्न सक्यो, समुदायका सदस्यमाझ ऊ बहादुर कहलिन्छ । खासगरी पुरुषहरू यस्ता खतरनाक जनावरको सिकारमा निस्किने गर्छन् ।

केन्यामा यो जातिका करिब तीन सय मानिसको आवाद छ । गोही र जलगैँडा लोपोन्मुख जनावरको सूचीमा परेकाले केन्या सरकारले यी जनावरको सिकारमाथि प्रतिबन्ध लगाए पनि एल मोलो जातिका मानिसले यी प्रतिबन्धित जनावरको सिकार गरेको समाचार वेला–वेलामा सुन्न पाइन्छ ।

प्रतिकृया दिनुहोस्