×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भीरबाट ढुंगा खसेर एक सब-इन्जीनियरको मृत्यु

भीरबाट ढुंगा खसेर एक सब-इन्जीनियरको मृत्यु

दार्चुला - अपिहिमाल गाउँपालिका–५ मा भीरबाट ढुंगा खसेर एक जना सब-इन्जीनियरको मृत्यु भएको छ । निर्माणाधिन मकरीगाड जलविद्युत आयोजनामा कार्यरत सब-इन्जीनियर अपी-हिमाल गाउँपालिका–३ का २७ वर्षीय गणेशसिह बोहराको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दका अनुसार मकरीगाड जलविद्युत आयोजनामा खानेपानी लैजान निर्माण भइरहेको पाइप लाइनबाट खसेको ढुंगा लागेर ओभरसियर बोहराको दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

खानेपानीको पाइप लाइन निर्माण भइरहेको ठाउमा निरीक्षण गर्न गएका बेला माथिबाट ढुंगा खसेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्