×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकप क्रिकेट : बंगलादेशको विजयी सुरुवात , श्रीलंकाको लगातार दोस्रो हार

विश्वकप क्रिकेट : बंगलादेशको विजयी सुरुवात , श्रीलंकाको लगातार दोस्रो हार

काठमाडौं - आईसिसी टी-२० विश्वकपमा बंगलादेशले सनसनीपूर्ण विजयी सुरुवात गरेको छ। समूह ‘डी’अन्तर्गत पहिलो खेलमा श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले ६ बल बाँकी हुँदा आठ विकेट गुमाएर भेट्टाएको हो।

टस जितेर बंगलादेशले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२४ रन बनाएको थियो।


सुरुमा ब्याटिङ गरेको श्रीलंकाका लागि पथुम निसानकाले सर्वाधिक ४७ रन बनाएका थिए। २८ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे। धनन्जय डी सिल्भाले २१ रन जोड्दा चरित असालान्काले १९ रन बनाए। एन्जेलो म्याथ्यूज १६ रनमा आउट हुँदा कुसल मेन्डिसले १० रन जोडे। श्रीलंकाका अन्य ब्याट्सम्मानले दोहोरो अंक जोड्न सकेनन्।

बंगलादेशका लागि रिशाद हुसेन र मुस्ताफिजुर रहमानले समान तीनतीन विकेट लिँदा तस्किन अहमद दुई र तन्जिम हसन साकिबले एक विकेट हात पारे।

प्रतिकृया दिनुहोस्