×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मदनकृष्ण श्रेष्ठ को जन्मदिनमा रक्तदान कार्यक्रम

मदनकृष्ण श्रेष्ठ को जन्मदिनमा रक्तदान कार्यक्रम

काठमाडौं- अभिनेता मदनकृष्ण श्रेष्ठले आइतबार ७३ औं जन्मदिन मनाएका छन् । उनको जन्मदिनको अवसरमा पाटन दरबार स्क्वायरमा रक्तदान कार्यक्रमको आयोजना गरियो । त्यहाँ हरिवंश आचार्य, किरण केसी लगायतको उपस्थिति थियो ।

‘रक्तदान जीवनदान’ भन्ने नारासहित मदनकृष्णले बर्थडे मनाएका हुन् । उक्त कार्यक्रममा कलाकार र सर्वसाधारणले पनि रक्तदान गरे । हास्य कलाकार समेत रहेका श्रेष्ठलाई सर्वसाधारणले बर्थडेको शुभकामना समेत दिएका छन् । मदनकृष्णले बर्सेनि सामाजिक कार्यक्रम गरेर जन्मदिन मनाउँदै आएका छन् ।

मदनकृष्णले २०४२ सालमा फिल्म ‘के घर के डेरा’मार्फत कथाकार र गीतकारको रुपमा फिल्म यात्रा थालेका थिए । उनी अभिनित पछिल्लो फिल्म ‘महापुरुष’ गत वर्षको हिट फिल्म हो । बलिदान, राजामती, सिलु, लोभीपापी उनी अभिनित हिट फिल्महरु हुन् ।
जन्मदिन मदनकृष्ण श्रेष्ठ रक्तदान

 

प्रतिकृया दिनुहोस्