काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन सामग्री ढुवानी गर्न थालेको छ । शुक्रबारदेखि आयोगले मतपेटिका, स्वस्तिक लगायत विभिन्न ५७ प्रकारका निर्वाचन सामग्री ढुवानी सुरु गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार सुदूरपश्चिम, कर्णाली र प्रदेश नं १ का कतिपय दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्री पठाइएको छ । निर्वाचन आउन अब २३ दिन मात्रै बाँकी रहँदा आयोगले सामग्री पठाउने कामलाई तीव्रता दिएको पनि जनाएको छ ।
प्रवक्ता पौडेलका अनुसार निर्वाचन सामग्रीहरू जिल्ला निर्वाचन कार्यालयमा पुर्याइसकेपछि निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउने छन् । त्यसपछि मतदान अधिकृतको नेतृत्वमा कतिपय विकट क्षेत्रमा ती सामग्री पु¥याइने आयोगले जनाएको छ ।