×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालले जीटूजीमार्फत भारतसँग मल किन्ने सम्झौता

नेपालले जीटूजीमार्फत भारतसँग मल किन्ने सम्झौता

काठमाडौँ- नेपालले भारतसँग जीटूजी (सरकारसँग सरकारले) माध्यमबाट रासायनिक मल किन्ने सम्झौता गरेको छ । 

सोमबार दुई देशका अधिकारीबीच भएको भर्चुअल वार्ताका क्रममा ५ वर्षका लागि जीटूजीमार्फत भारतसँग मल किन्ने सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

उक्त सम्झौता पत्रमा नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास डा. गोविन्दप्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार पहिलो वर्ष एक लाख मेट्रिकटन युरिया र ५० हजार मेट्रिक टन डिएपी मल भारतले नेपाललाई बिक्री गर्ने छ ।

यसपछि नेपालले मल ल्याउनका लागि नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी र भारतको स्वामित्वको कम्पनीसँग मलको मूल्य र खरिदका लागि सम्झौता हुनुपर्ने छ ।

सम्झौतापछि नेपालमा खपत हुने कुल मल मध्ये ३० प्रतिशत भारतबाट जीटूजीमार्फत आउने छ । सम्झौता अनुसार चार वर्षसम्म १ लाख ५० हजार मेट्रिक टनका दरले मल ल्याउने छ । त्यसपछि पाँचौँ वर्षमा साढे २ लाख मेट्रिक टन मल नेपालले ल्याउने छ ।

प्रतिकृया दिनुहोस्