×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

क्यानको साधारणसभा धनगढीमा हुने

क्यानको साधारणसभा धनगढीमा हुने

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभाको नयाँ मिति निर्धारण गरिएको छ । 
क्यानले जारी गरेको सार्वजनिक सूचनाअनुसार आगामी फागुन १३ र १४ गते धनगढीमा साधारणसभा आयोजना हुनेछ । 
क्यानले पुस १४ र १५ गतेका लागि धनगढीमै साधारणसभाको मिति तोकेको थियो । तर कार्यकाल सकिएका जिल्लाको साधारणसभा नगरी केन्द्रीय साधारणसभा गर्न लागेको भन्दै विरोध भएपछि पुस ८ गते अनिश्चितकालका लागि स्थगित गरेको थियो । 
साधारणसभाले आर्थिक वर्ष २०७७-७८ को वार्षिक लेखा प्रतिवेदन अनुमोदन गर्नेछ भने चालू आर्थिक वर्षका लागि वार्षिक लेखापरीक्षक नियुक्ति गर्नेछ । संघको आर्थिक नियमावली र कार्यविधि सम्बन्धमा पनि छलफल हुनेछ ।
नयाँ जिल्ला संघहरुलाई मान्यता दिने, केन्द्रीय समितिमा रिक्त पदहरुमा पदपूर्ति गर्नेलगायतको कार्यसूची रहने सूचनामा उल्लेख छ । 
सो मितिमा कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित हुन नसक्ने अवस्था भएमा भर्चुअल माध्यमबाट भए पनि साधारणसभा आयोजना गरिने क्यानको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्