×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना अपडेट : संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो

कोरोना अपडेट : संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो

कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या पनि बढेको देखिएको छ । 

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

यसअघि मंगलबार देशभर ३८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो । 

मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या  ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन् । 

बितेको २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने जम्मा १५ हजार ८०८ जनाको नमुना परीक्षण भएको छ । 

प्रतिकृया दिनुहोस्