×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

भैंसीको आक्रमणबाट चितुवा मरेपछी परे सबैजना चकित

भैंसीको आक्रमणबाट चितुवा मरेपछी  परे सबैजना चकित

काठमाडौ । चितुवाले जीवजन्तु मारेको वा सिकार गरेको सुनिन्छ । तर, भारतमा भने यसको ठ्याक्कै उल्टो भएको छ। यो अनौठो घटना भारतको उत्तर प्रदेशको हो। 
उत्तर प्रदेशको अमेठीमा भैंसीको आक्रमणमा परी एउटा चितुवा मरेको कुराले  सबैको ध्यान केन्द्रित गरेको छ   ।


शनिबार अबेर राति अमेठी जिल्लाको मुसाफिरखाना थाना क्षेत्रमा भैंसीको बथानमा पसेर पाडोलाई सिकार बनाउन खोजेपछि भैंसीहरुको समूह चितुवामाथि जाइलागे । भैंसीहरुको आक्रमणमा परी घाइते भएको चितुवा पछि मरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भैंसीसँगको भिडन्तअघि उक्त चितुवाले शनिबार दिउँसो पाँच जना मानिसमाथि आक्रमण गरी घाइते बनाएको थियो ।


अमेठी जिल्लाका मेजिस्ट्रेट (प्रमुख जिल्ला अधिकारी) संजय चौहानले उक्त चितुवाको मृत्यु भैंसीकै आक्रमणबाट भएको पुष्टि गरेका छन् ।
गाउँ पसेको चितुवाले मुसाफिरखाना थाना क्षेत्रको भैंदपुर र बिरईपुर गाउँमा आतंक मच्चाएको थियो । जिल्ला प्रमुख चौहानका अनुसार बन विभाग, प्रहरी र प्रशासनको टोलीले गाँउ पसेको चितुवालाई नियन्त्रणमा लिन खोजेका थिए ।
चितुवा समात्न उनीहरुले जाल बिछ्याएका थिए, घेरामा पिंजडामा समेत राखिएको थियो । ड्रोन र लाइटसमेत प्रयोग गरेर चितुवालाई नियन्त्रणमा लिन खोजेपनि सो प्रयास सफल हुन सकेन ।
अन्तत: चितुवाले मान्छेलाई आक्रमण गर्न थाल्यो । पछि भैंसीको बथानमा छिरेपछि भने अपत्यारिलो तरिकाले भैंसीबाट मारियो ।

प्रतिकृया दिनुहोस्