×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिवि तयार

स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिवि तयार

काठमाडौं - आन्दोलनरत विभिन्न विद्यार्थी संगठन र त्रिविबीच स्ववियु  निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको छ । सोमबार आन्दोलनरत ६ विद्यार्थी संगठन र त्रिविका प्रतिनिधिबीच भएको छलफलपछि त्रिवि प्रशासन र विद्यार्थी संगठनबीच विद्यार्थीहरुका विभिन्न मागहरुका सन्दर्भमा ४ बुँदे सहमति भएको हो ।

दुवै पक्षद्धारा हस्ताक्षरित सहमति पत्रमा त्रिविको अभिलेखमा दर्ता कायम भएका विद्यार्थी संगठनहरुको केन्द्रीय नेतृत्वसँग आवश्यक छलफल गरी स्ववियु  निर्वाचनको प्रक्रिया अगाडी बढाउने उल्लेख छ ।

त्रिविबाट प्राध्यापक पशुपति अधिकारी संयोजकत्वमा रहेको पाँच सदस्य वार्ता टोलीसँग नेपाल विद्यार्थी संघका विष्णु बहादुर बडैला, अखिल क्रान्तिकारीका प्रदिप भट्ट, अनेरास्ववियु शोभा बम, समाजवादी विद्यार्थी यूनियनका तर्फबाट राम नरेश यादव, अखिल छैठौंका पूरण पोखरेल र वैद्य अखिल क्रान्तिकारीका अनिल केसीले हस्ताक्षर गरेका छन् ।
 गत १४ गते विशेष आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई उपप्राध्यापकमा नियुक्ति गर्ने गरी गरेको निर्णय हाललाई कार्यान्वयन नगर्ने  सहमति भएको छ ।

आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी पदपूर्ति गर्ने निर्णय कार्यान्वयन नगर्न सहमति भए पछि आन्दोलन गरेका सयुक्त विद्यार्थी संगठनले सोमबार (आज) तालाबन्दी खुलाएको छ ।

त्रिविमा रिक्त दरबन्दी  प्रत्येक ६ महिनामा खुला विज्ञापन गरी समावेशी सिद्धान्तका आधारमा गर्ने सहमति भएको छ । साथै त्रिविले ०७८ साउन १८ गते स्थगित गरेको उपप्राध्यापकको विज्ञापनको कार्यतालिका तत्काल प्रकाशित गरी कार्यन्वयन प्रक्रिया अगाडी बढाउन त्रिवि सेवा आयोगसँग अनुरोध गर्ने सहमति समेत भएको छ ।

सहमति पछि १ महिना देखि तालाबन्दी रहेको त्रिविका तीन वटै कार्यालय खोलिएको नेता प्रदिप भट्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्