×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

बहुप्रतिक्षित चलचित्र ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज,बैसाख १ बाट प्रदर्शनमा आउने

बहुप्रतिक्षित चलचित्र ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज,बैसाख १ बाट  प्रदर्शनमा आउने

काठमाडौं - दक्षिण भारतीय सुपरस्टार यश अभिनित चलचित्र ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले आइतबार यो बहुप्रतीक्षित फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

प्रशान्त नीलले निर्देशन गरेको फिल्मको ट्रेलरमा यश, सञ्जय दत्त, रविना टण्डनलगायतलाई देखाइएको छ ।
फिल्ममा श्रीनिधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय रहेको छ । यसको अघिल्लो सिरिज ‘केजीएफ’ले बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो ।
‘केजीएफ च्याप्टर २’ आगामी अप्रिल १४ अर्थात् वैशाख १ गते रिलिज हुँदैछ ।

प्रतिकृया दिनुहोस्