उत्तरी चीनमा फसेका २१ जना खानी कामदारहरूको उद्धार जारी
पुस २, २०७८एजेन्शी - उत्तरी चीनको साङ्सी प्रान्तमा ३० घण्टाभन्दा बढी समयदेखि बाढी आएको कोइला खानीमा फसेका २१ जना खानी कामदारको उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धार कार्यका लागि खानी तर्फ कुदिरहेको बताइएको छ। घटनास्तलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको स्तर २।१ मिटरले घटेको जनाइएको छ ।
सबै पढ्नुहोस