×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतमा १२ घण्टामा दुई नेताको हत्या

भारतमा १२ घण्टामा दुई नेताको हत्या

भारतको केरलास्थित अलप्पुझामा १२ घण्टामा दुई नेताको हत्या भएपछि सनसनी फैलिएको छ । हत्या हुनेमा सोसल डेमोक्रेटिक पार्टी अफ इन्डिया र भारतीय जनता पार्टीका नेता रहेका छ । यी दुई हत्यापछि त्यहाँ धारा १ सय ४४ लागू गरिएको छ ।

हत्याको विषयमा भारतिय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । त्यहाँका मुख्यमन्त्री पिनाराई विजयनले दुवै हत्याको कडा भत्र्सना मात्र गरेका छैनन्, यसमा कडा कारवाही हुने आश्वासन पनि दिएका छन् । ‘हिंसाको यस्तो जघन्य तथा अमानवीय काम राज्यका लागि खतरनाक हो,’ उनले भनेका छन्, ‘हत्यारा समूहको पहिचान गरेर उनीहरूलाई कडा भन्दा कडा कारवाही गर्ने तयारीमा हामी छौँ ।’ केरलामा एसडिपिआईका प्रदेश सचिव के एस सानमाथि शनिबार राति घर फर्किने क्रममा आक्रमण भएको थियो ।

उनी सवार बाइकलाई एउटा गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनीमाथि चक्कु प्रहार भएको भारतीय मिडियाले जनाएका छन् । उनको त्यहाँको एक अस्पतालमा उपचार हुँदै गर्दा निधन भएको हो ।

 

प्रहरीका अनुसार आइतबार नै भारतीय जनता पार्टीका प्रदेश सचिव रन्जित श्रीनिवासको घरमा नै उनको हत्या भएको हो । यी दुई नेताको हत्या भए पछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

प्रतिकृया दिनुहोस्