शेयर बजारमा ऐतिहासिक उछाल, नेप्से करिब ४ वर्षपछि ३००० विन्दुमाथि
साउन १३, २०८२काठमाडौं - मंगलबार शेयर बजारमा ऐतिहासिक उछाल देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा पुगेको हो, जुन करिब चार वर्षयताकै उच्च विन्दु हो । यो विन्दु २०७८ साल भदौ १३ गतेपछिको सबैभन्दा उच्च हो । सोही वर्षको भदौ २ गते नेप्सेले हालसम्मकै उच्च ३१९८ अंकको कीर्तिमान बनाएको थियो । कारोबारका क्रममा मंगलबार नेप्से एक समय ३०२८ अंकसम्म पुगेर केही तल झर्दै बन्द भएको हो ।
सबै पढ्नुहोस