सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित
माघ ११, २०७९काठमाडौँ- सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखको आदेशअनुसार बैठक स्थगित गरिएको जानकारी दिए । उनकाअनुसार बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको हो ।
सबै पढ्नुहोस