देउवा र दाहालको ढाडसपछि नेपाल भन्छन्- गठबन्धनलाई धोका दिन्नँ
असार १२, २०७८विपक्षी गठबन्धनलाई साथ दिइरहेका नेकपा एमाले नेता माधवकुमार नेपालले गठबन्धनलाई धोका नदिने प्रण गरेका छन् । शनिबारको पत्रकारहरुसँगको भेटघाटका क्रममा नेता नेपालले यस्तो बताएका हुन् । ‘माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव आउँछ होइन, आइसक्यो,’ नेता नेपालले भने— ‘तर, गठबन्धनलाई धोका हुन्न । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’
सबै पढ्नुहोस