निवर्तमान राज्यमन्त्री मानन्धरबाट आवास सुविधा सरकारी कोषमा जम्मा
जेठ २४, २०७८निवर्तमान सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीका हैसियतमा प्राप्त हुने आवास व्यवस्थापनलगायत आर्थिक सुविधा नलिएर सरकारी कोषमा जम्मा गराएका छन् । विसं २०७६ मङ्सिर ४ देखि यही जेठ २१ गतेसम्म राज्यमन्त्री भएका मानन्धरले आवासीय सुविधा नलिएका मन्त्रीहरुलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराइने प्रति महिना ४० हजार रुपैयाँका दरले हुने सात लाख २० हजार रुपैयाँ रकम नलिइएको जानकारी दिए ।
सबै पढ्नुहोस