जसपा सरकारबाट बाहिरिदै आजै राजिनामा दिने तयारी
असोज २२, २०७९काठमाडौं - जनता समाजवादी पार्टी(जसपा)बाट सरकारमा प्रतिनिधित्व गरेका चार जना मन्त्रीले राजीनामा दिने भएका छन् । एमालेसँग चुनावी तालमेल भएसँगै जसपाका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । एमालेसँग जसपाले १७ सिटमा प्रतिनिधिसभामा तालमेल गरेको छ । कांग्रेससँगको गठबन्धनमा रहेको जसपाले हालै गठबन्धन त्यागेको थियो । यो सँगै उसले एमालेसँग सहकार्य गरेको छ ।
सबै पढ्नुहोस