एकीकृत समाजवादीको सचिवालय बैठक जारी
पुस २१, २०७९काठमाडौँ- वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, वाम एकतालगायतका विषयमा निर्णय गर्न नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक जारी छ । पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि बसेको स्थायी कमिटी र पोलिटब्युरो बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिने नदिने निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पिएको थियो ।
सबै पढ्नुहोस