काठमाडौँ- रुपन्देहीको सिद्धार्थ नगरपालिकाले छाडा पशुचौपाया नियन्त्रण गर्न भन्दै गाई, गोरू, साँढेलाई घिसार्दै पीडा दिने हिसाबले लैजान थालेपछि यसको चौतर्फी विरोध भएको छ।
डोरीले गाई-गोरूलाई बाँधेर सडकमा गाडीले घिसार्दै लगिएका फोटा सार्वजनिक भएसँगै नगरपालिकाको आलोचना भइरहेको छ। छाडा छाडिएका पशुचौपायाका कारण सडकमा दुर्घटना बढेको र सुन्दरता समेत हराउन थालेको भन्दै नगरपालिकाले पशुचौपाया नियन्त्रण अभियान सुरू गरेको थियो।
सोही क्रममा सिद्धार्थनगर नगरपालिकाले लु १ ग ३६२ नम्बरको ट्रकमा बाँधेर साँढेलाई घिसार्दै लगेको तस्बिर सामाजिक सञ्जालमा राखेर आलोचना भइरहेको छ।