×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज पनि बढ्याे सुनको मूल्य, प्रतितोला कति ?

आज पनि बढ्याे सुनको मूल्य, प्रतितोला कति ?

काठमाडाैं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख दुई हजार चार सय थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिकृया दिनुहोस्