अग्रता जोगाउन नसक्दा रोकियाे पिएसजी
माघ १६, २०७९काठमाडौँ- फ्रेन्च लिग वान अन्तर्गत पिएसजी बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पिएसजी रेइम्ससँग १-१ गोलको बराबरीमा रोकिएको हो । रेइम्सले खेलको ९६औं मिनेटमा गोल गर्दै पिएसजीको जितलाई रोकेको थियो । रेइम्सका लागि फोलारिन बालोगनले गोल गर्दै रेइम्सलाई एक अंक दिलाएका थिए । यसअघि पिएसजीका लागि खेलको ५१औं मिनेटमा नेइमारले गोल गरेका थिए ।
सबै पढ्नुहोस