रानीपोखरी सर्वसाधारणका लागि खुल्ला
चैत ११, २०७९काठमाडौं - रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ। काठमाडौं महानगरपालिकाले रानीपोखरी बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला गरेको हो। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले निःशुल्क रूपमा घुमफिर तथा अवलोकन गर्न रानीपोखरी खुला गरेको जानकारी दिनुभयो। शान्तिसुरक्षा तथा सामाजिक वातावरणमा असर नपरेमा ३६५ दिन नै रानीपोखरी खुला हुने उहाँले बताउनुभयो ।
सबै पढ्नुहोस