रुपन्देहीमा भन्सार छली ल्याएको २७ बोरा चिनी बरामद
बैशाख १५, २०८०काठमाडौं- रुपन्देही प्रहरीले भन्सार छली ल्याएको चिनी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ साढे १० बजेको समयमा शुद्धोधन गाउँपालिका ५ बाट २७ बोरा अवैध चिनी बरामद गरेको हो । १ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनी आवश्यक अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाउने रुपन्देही प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक श्यामु अर्यालले जनाए ।
सबै पढ्नुहोस