साफ च्याम्पियनसिप: नेपाली टिम माल्दिभ्समा
असोज १२, २०७८काठमाडाैँ- साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । कतारमा दुई साता लामो अभ्यास र ओमानसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टिम माले पुगेको हो । नेपालले आइतबार राति ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित भयो । नेपाली टीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार कतारमा नै २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका थिए ।
सबै पढ्नुहोस