सत्तारूढ गठबन्धन चुनावसम्मै निरन्तर राख्नुपर्छ : नेता केसी
माघ १३, २०७८काठमाडौँ- राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धन आगामी दिनमा पनि निरन्तर राख्नुपर्ने बताएकाे छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति प्रकाशित गर्दै सत्तारूढ गठबन्धन अगामी चुनावसम्मै निरन्तर रहने बताएका हुन् । केसीले प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको उल्लेख गरेका हुन् ।
सबै पढ्नुहोस