टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल
माघ २९, २०७८काठमाडौँ- नेपालले चार देश सम्मिलित टी-२० सिरिजको दोस्रो खेलमा युएई विरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। कप्तान सन्दीप लामिछानेले टस जितेपछि पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। नेपालले शनिबार टोलीमा तीन परिवर्तन गरेको छ। जसमा लोकेश बम, स्पिनर साबह अलाम र जितेन्द्र मुखियाले आज मौका पाउँदा अभिनाश बोहरा, सागर ढकाल र प्रदीप ऐरीलाई बेन्चमा राखिएको छ।
सबै पढ्नुहोस