नेप्से परिसूचक ४.९७ अंकले बढ्यो
माघ १८, २०७९काठमाडौं- आज सेयर बजार झिनो अंकले उकालो लागेको छ । नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक आज ०.५३ अंकले घटेर ४०१.१६ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ७६ करोड ७० लाखमाथिको कारोबार भएको छ ।
सबै पढ्नुहोस