निगमले आइओसीलाई तिर्यो २४ अर्ब बक्यौता
असार १७, २०८०काठमाडौं-नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी ) लाई २४ अर्ब बक्यौता रकम बुझाएको छ। रुस–युक्रेन युद्दका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमले आइओसीसँग उधारोमा तेल खरिद गर्ने गरेको थियो। सन् २०२२ मे २ बाट तिर्न बाँकी रहेको बक्यौता रकम अहिले चुक्ता गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो।
सबै पढ्नुहोस