×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भन्सार छलेर भित्राइएको १९ बोरा चिनीसहित एउटा पिकअप प्रहरी नियन्त्रणमा

भन्सार छलेर भित्राइएको १९ बोरा चिनीसहित एउटा पिकअप प्रहरी नियन्त्रणमा

काठमाडौं-झापाको दक्षिणी सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको १९ बोरा चिनीसहित एउटा पिकअप प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंगलबार बिहान १० बजे बिर्तामोड नगरपालिका-५ स्थित कृषि बजारबाट ९५० केजी चिनीसहित प्र-१-०१-००१ च ९९०१ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो।

बरामद गरिएको चिनी ७० हजार र गाडी ८ लाख मूल्यांकन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइदिएको प्रहरी कार्यालय झापाका इन्स्पेक्टर गुरु तिम्सिनाले जानकारी दिए।
यता कारोबारी स्रोतका अनुसार सो चिनी राजगढ बजारबाट बिर्तामोड ल्याइएको हो।

तस्कर समूहले अवैध रूपमा भन्सार छलेर भित्राउँदै आएको चिनी लगायतका सामानहरु राजगढ बजारमा भण्डारण गर्ने र त्यसपछि गाडी वा ट्याक्टरमा हालेर जिल्लाका विभिन्न पसलहरूमा पुर्‍याउँदै आएको कारोबारी स्रोतको दाबी छ।

प्रतिकृया दिनुहोस्