युरोपेली संसद्को टोली आज नेपाल आउँदै
असोज ६, २०७९काठमाडौँ- युरोपेली संसदीय प्रतिनिधिमण्डल आज नेपाल भ्रमणमा आउने भएको छ । उक्त टोलीको नेतृत्व इभलिन रेग्नरले गर्नेछिन् । उनी युरोपेली संसदकी उपाध्यक्ष हुन् । भ्रमण टोलीमा इभलिनसँगै उलरिक मुलर, टमस ज्डेचोभ्स्की र म्याक्सिमिलियन क्र रहनेछन् । युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू आउने जानकारी दिएको हो ।
सबै पढ्नुहोस