चर्को स्वरमा नबोल्न कतारस्थित नेपाली राजदूतावासको सुचना
कार्तिक २८, २०८२दाेहा । कतारस्थित नेपाली राजदूतावासले आफ्नो परिसरमा बिहानैदेखि सेवाग्राहीहरू जम्मा हुने, खुला स्थानमा सवारीसाधन पार्किङ गर्ने र चर्को स्वरमा बोल्ने जस्ता गतिविधिका कारण छिमेकीहरूलाई असजिलो भएको जनाएको छ। राजदूतावासले बुधबार एक सूचना जारी गर्दै त्यस्ता गतिविधिका कारण बारम्बार गुनासो आइरहेको भन्दै सबै सेवाग्राहीहरूलाई कार्यालय समयको ख्याल गरी बिहान ८ बजेपछि मात्र सेवा लिन आउन अनुरोध गरेको छ ।
सबै पढ्नुहोस