×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ८ हजार ६ सय जनामा कोरोना पुष्टि, मृतकको संख्या घट्यो

थप ८ हजार ६ सय जनामा कोरोना पुष्टि, मृतकको संख्या घट्यो

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ७  जना कोरोना सङ्क्रमित थप भएका छन् भने १७७ जनाको ज्यान गएको छ । हिजोको तुलनामा मृत्यु हुनेको संख्या १३ जनाले घटेको हो ।
 
आज जम्मा २३ हजार २ सय २६ जनाको स्वाब परीक्षण गरिएको छ । यस अवधिमा ७ हजार ८ सय ९० जनाले कोरोना जितेर निको भएका छन् ।
 
नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेहरूको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । जसमध्ये ३ लाख ७४ हजार ८ सय ३६ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर कुल सक्रिय सङ्क्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ रहेको छ ।

प्रतिकृया दिनुहोस्