काठमाडौं - गीतकार तथा संगीतकार खेम सेन्चुरी तथा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘सुर्ती माड्दै’बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
सेन्चुरीकै संगीत तथा नेत्र अर्याल को शब्द रहेको यस गीतमा चर्चित नायक तथा मोडल पल शाह तथा गायिका समिक्षा अधिकारीको अभिनय रहेको छ।
कृष्ण बि.क."भान्जा" को एरेन्ज रहेको गीतमा सागर बाजुरेली, प्रेमा राना मगर र रुपी सिंजाली मगरको सामुहिक स्वर रहेको छ।
काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतमा दिपक बिष्टले सम्पादन तथा कलरिगं तथा छायांकन अर्जुन तिवारीले गरेका हुन्।