काठमाडौं - हाम्रो पात्रोले शु्क्रबारबाट सुरु गरेको डिजिटल वालेट 'हाम्रो पे' मा सार्वजनिक भएको ३६ घण्टाभित्रै १४ हजार भन्दा बढी ग्राहक जोडिएका छन् ।
आफ्नो डिजिटल वालेट सेवाको उत्कृष्ट सुरुवात भएको बताउँदै कम्पनीले हाम्रो पे डिजिटल वालेटमा अकाउन्ट क्रियट गरेको जनाएको छ ।
सोचेको भन्दा धेरै प्रयोगकर्ताले एकैपटक अकाउन्ट क्रियट गर्न खोज्दा केवाईसी भेरिफिकेसनको काममा भने केही ढिलाई भएको बताइएको छ।
म्रो पेमा प्रयोगकर्ताले अन्य डिजिटल वालेटमा रहेका फिचरका साथै मौलिक फिचरसमेत रहेका छन्, जसमा कहाँ कति खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउने खर्च ट्र्याक, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे) लगायतका आकर्षक फिचर छन् ।
प्रयोगकर्ताको सहायताका लागि 'लाइभ च्याट' र स्थानीयसहित छ ओटा भाषामा यो एप प्रयोग गर्न सकिन्छ ।