×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आन्दोलनरत न्यायाधीशहरु इजलासमा फर्कन तयार

आन्दोलनरत न्यायाधीशहरु  इजलासमा फर्कन तयार

 काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् ।
नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफलमा जुटेका १३ न्यायाधीशले प्रधानन्यायाधीश राणाको राजीनामासँगै मुद्दा सुनुवाइमा जाने आशय राखेका छन् ।

सर्वोच्चका न्यायाधीशमध्ये मंगलबारबाट चार जना न्यायाधीश नियमित मुद्दा हेर्नेगरी फर्किएपछि अरू १३ न्यायाधीशमाथि इजलासमा बस्न दबाब परेको छ ।
बारका पदाधिकारीहरूसँगको छलफलमा न्यायाधीशहरू फुल कोर्टबाट नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था भए इजलास फर्किने मनस्थितिमा पुगेका हुन् ।
 शुक्रबारसम्म फुलकोर्ट बोलाउन आह्वान गर्ने र गोलाप्रथाका लागि नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रिया मिलाउने विषयमा छलफल भएको सर्वोच्च स्रोतले जानकारी दियो । 
गोलाप्रथाबाट पेसी तोकिए पनि प्रधानन्यायाधीशसँग इजलास सेयर भने नगर्ने सहमति १३ जना न्यायाधीशबीच भएको छ ।  आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्