×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लुम्बिनीका मुख्यमन्त्री चौधरीको शपथ दिउँसो १ बजे

लुम्बिनीका मुख्यमन्त्री चौधरीको शपथ दिउँसो १ बजे

काठमाडौं- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा दिउँसो १ बजे पद तथा गोपनीयताका शपथ हुनेछ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरूले शपथ लिन्छन् कि लिन्नन् भन्ने अझै टुंगो भने लागेको छैन ।

यद्यपि, मुख्यमन्त्री गिरीले मन्त्रीहरूका आंकाक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरूसँग भने छलफल गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्