×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पत्याउनुहुन्छ ? जहाँ सिंहले बोक्छ मान्छे

पत्याउनुहुन्छ ? जहाँ सिंहले बोक्छ मान्छे

एजेन्सी - अर्जेन्टिनाको राजधानी ब्युनर्स आर्यसमा एउटा चिडियाघर छ, जहाँ पर्यटकलाई सिंहमाथि चढ्ने, बाघसँग बसेर फोटो खिच्नेसम्मको सुविधा छ । यो चिडियाघरमा अधिक मात्रामा सिंह र बाघ रहेका छन्, लुजान नामको यो चिडियाघर साहसी पर्यटकहरूको गन्तव्य बनेको छ । सिंहमाथि चढ्नका लागि पर्यटकलाई १६ सय रुपैयाँबराबरको शुल्क लाग्छ । चिडियाघरका अधिकारीका अनुसार सिंह तथा बाघजस्ता हिंस्रक जनावरलाई शान्त रहने ट्रेनिङ दिइएको हुन्छ ।
पशु अधिकारकर्मीहरूले भने सिंहमाथि सवारी गर्न, उनीहरूसँग फोटो खिचाउन बन्द गर्न माग गर्दै मुद्दा दर्ता गरेका छन् । उनीहरूले यी जनावरलाई लठ्याउन औषधि दिने गरिएको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस्