×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

रोचक

हत्याको आरोपमा भेडालाई जेल सजाय !

हत्याको आरोपमा भेडालाई जेल सजाय !

काठमाडौँ- हत्या वा अन्य कुनै अपराधमा दोषीलाई सजाय पाएको देख्नु भएको होला, तर अहिलेसम्म सजाय मानिसलाई मात्रै दिइएको थियो । कुनै मुद्दामा अदालतले जनावर अर्थात भेडालाई पहिलो पटक सजाय सुनाइएको छ । एक महिलाको हत्या गरेको अभियोगमा भेडालाई तीन वर्षको जेल सजाय सुनाइएको छ । यसबाहेक अदालतले धेरै शर्त राखेको छ ।

रिपोर्टका अनुसार घटना अफ्रिकी देश सुडानको हो । यहाँ एउटा भेडाले महिलाको हत्या गरेको आरोप लागेको छ । अदालतले भेडालाई हत्यामा दोषी ठहर गर्दै मालिकसहित भेडालाई सजाय सुनाएको हो ।

सुडानमा एक ४० वर्षीया महिलालाई भेडाले आक्रमण गरी मारेको छ । जानकारी अनुसार भेडाको आक्रमणबाट महिला भुइँमा लडेकी थिइन् । यसपछि भेडाले उनलाई आफ्ना सिङले आक्रमण गरिरहयो । भेडाले महिलाको मृत्यु नभएसम्म सिङले प्रहार गरिरह्यो ।

महिलाको मृत्युपछि उनका आफन्त अदालत पुगेका थिए । अदालतले भेडाको मालिकलाई जेल सजाय तोकेन, तर भेडाहरूलाई शिविरमा पठाइयो । भेडालाई तीन वर्षसम्म शिविरमा राख्ने आदेश अदालतले दिएको छ, त्यसपछि बाहिर आएपछि सो भेडालाई मृतक महिलाका परिवारलाई जिम्मा दिइनेछ । यसबाहेक अदालतले भेडा मालिकलाई पाँचवटा गाई किनेर मृतकका आफन्तलाई दिन आदेश दिएको छ ।

प्रतिकृया दिनुहोस्