×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

काठमाडौँ- साताको कारोबारको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यो साता मूल्यमा भएको उतारचढावका बीच शुक्रबार छापावाल सुन तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज भने मूल्य बढेर तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी आज तेजाबी सुन तोलामा १ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा १३९५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिकृया दिनुहोस्