×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बागी उम्मेदवारी फिर्ता नलिनेलाई माओवादीले पार्टीबाट निष्कासन गर्ने

बागी उम्मेदवारी फिर्ता नलिनेलाई माओवादीले पार्टीबाट निष्कासन गर्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बागी उम्मेदवारी दिने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेकाे छ । 

आज सोमवार पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिएर फिर्ता नलिएका, तिनका प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएकाे जानकारी दिएका हुन् । 

यस्तै माओवादीले गठबन्धन दलका उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएकाहरूले आज सोमवारभित्र उम्मेदवारी निष्क्रिय गराएमा कारबाही फिर्ता लिइने पनि जनाएको छ । 

 

 

प्रतिकृया दिनुहोस्